दमाैली । नेपाली काङ्ग्रेस तनहुँको भवन उद्घाटन हुने भएको छ । पार्टी जिल्ला कार्यसमितिको शुक्रबार बसेको बैठकले आगामी कात्तिक २४ गते पार्टीको भवन उद्घाटन गर्ने निर्णय गरेको हो ।
बिपी स्मृतिको भवनको उद्घाटन कार्यलाई भव्य बनाउने निर्णय भएको पार्टी प्रवक्ता हरि वाग्लेले जानकारी दिए । बैठकले पार्टीका सबै तहका नेता कार्यकर्तासँग पार्टी कार्यालयको निर्माणका लागि सक्दो सहयोग प्रदान गर्न अनुरोध गरेको छ ।
उक्त भवनको उद्घाटनका अवसरमा पार्टीका तर्फबाट उपसभापति देवकुमार श्रेष्ठको संयोजकत्वमा भवन उद्घाटन समिति एवं उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठको संयोजकत्वमा स्मारिक प्रकाशन समिति गठन गरिएको छ ।