मन्त्री जुग्जालीद्वारा बुद्धसिंह मार्ग निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मन्त्री जुग्जालीद्वारा बुद्धसिंह मार्ग निरीक्षण

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८०, शनिबार

    दमाैली । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुुर जुुग्जालीले प्रदेश सरकारकाे रणनीतिक सडक बुद्धसिंह मार्गकाे शनिबार निरीक्षण गरेका छन् ।

    मन्त्री जुग्जालीले मन्त्रालयका सचिव शंकर प्रसाद पण्डित, मन्त्रालयका सिनियर डिभिजनल ईञ्जिनियर लक्ष्मीप्रसाद भण्डारी, पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्य लगायतकाे सहभागितामा उक्त मार्गकाे निरीक्षण गरेका हुन् ।

    पोखरा मुुग्लिन र मुुग्लीन नारायणघाट सडकको वैकल्पिक मानिएको बुुद्धसिंह मार्गको दमौलीदेखि १० किलोमिटर दुुरीको सडक आक्सफाल्ट प्रविधबाट कालाेपत्र हुँदैछ । त्यसका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणकाे काम सुरु गरेकाे छ । अनुुगमन टोलीले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएको छ ।