विश्वकप क्रिकेट : पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप क्रिकेट : पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८०, मंगलवार

    काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले हराएको छ ।

    खेलका श्रीलंका र पाकिस्तानका २-२ ब्याट्सम्यानले शतक बनाएका थिए । तर पाकिस्तानका बाबर आजम र अब्दुल सफिकले शतक बनाएपछि उसले ३४५ रनको लक्ष्य खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने मोहमद रिजवान १३१ रनमा नट आउट रहे ।  १२१ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का हाने ।

    यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाका कुशल मेन्डिसले १२२ तथा सदिरा समराविक्रमले १०८ रन बनाएका थिए ।

    मेन्डिसले मात्र ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन बनाएका हुन् । ८९ बल खेलेका सदिराले भने ११ चौका र दुई छक्का हानेका थिए ।