दमौली । नेपाली कांग्रेस व्यास नगर समितिले शनिबार व्यास-३ अनसन चौतारीमा आयोजना गरेको चियापानमा अतिथिलाई भुईमा राखेर कांग्रेस नेता कुर्चीमा बसेपछि टिप्पणी भएको छ ।
दसैको अवसरमा आयोजना गरिएको चियापान तथा शुभकामना कार्यक्रममा अतिथिका रुपमा बोलाइएका अन्य दलका नेतालाई भुइँमा राखिएको हो ।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला समन्वय प्रमुख एवं कांग्रेस गण्डकी सदस्य शान्तिरमण वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, डोवाटे विक भने कुर्चीमा बसेका थिए ।
नेकपा एमाले व्यासका कार्यवाहक अध्यक्ष तुल्सीराम पाण्डे, नेकपा माओवादी व्यासका अध्यक्ष रामचन्द्र सापकोटा, नेकपा एकीकृत समाजवादीका मंगलप्रसाद श्रेष्ठलाई भने भुइँमा राखिएको हो ।
कांग्रेस नेताहरुले भने यो विषयमा गल्ती भएको बताएका छन् ।