स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स अस्पताल, शेयरधनीलाई १७.३७% बोनस सेयर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स अस्पताल, शेयरधनीलाई १७.३७% बोनस सेयर

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर जारी गर्ने निर्णय गरेको हो ।

    जुन जारी पुँजीको १५ प्रतिशत हो ।  प्रति कित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा शेयर जारी हुनेछ ।अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ ।यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ ।

    बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ ।साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८  प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ ।  सञ्चालक समिति गठन:साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

    जसमा संस्थापक सेयरधनीको तर्फबाट राम शरण भण्डारी, दल बहादुर भण्डारी र प्रेम बहादुर भण्डारी नियुक्त भएका छन्  । यस्तै  सर्वसाधारण तर्फ गीता जोशी सायमी नियुक्त भएका छन् ।स्वतन्त्र सञ्चालमा शर्मा नियुक्त:साधारणसभाले स्वतन्त्र सञ्चालकमा टंकमणि शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा समेत अनुभव र प्रशासकीय अनुभव भएका शर्मा पूर्व महालेखा परीक्षक हुन् ।