दमौली । तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले काठमाडौ-२ की सांसद सोविता गौतमलाई दसै टिका लगाइदिँदै पैचो तिरेको बताएका छन् । विजयादशमीको दशौ दिन मंगलबार चितवनमा गौतमलाई टिका लगाइदिँदै वाग्लेले आफूले पैचो तिरेको उल्लेख गरेका हुन् ।
गत वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँ-१ बाट उम्मेदवार बनेका वाग्लेलाई शुभकामना दिँदै गौतमले दमौलीमा सोही दिन टिका लगाइदिएकी थिइन् । त्यसकै सन्दर्भमा डा. वाग्लेले सो प्रसंग निकालेका हुन् ।
उनले भनेका छन्, ‘वैशाख १० को निर्वाचनका दिन माननीय सोबिता गौतमले मलाई टिका लगाइदिएर शुभकामना दिनुभयो । जितें पनि । आज चितवनमा दसैंको टिका लगाईदिएर मैले पैंचो तिरें ।’