फखर जमानको आक्रामक शतक, वर्षाले प्रभावित खेलमा पाकिस्तान विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फखर जमानको आक्रामक शतक, वर्षाले प्रभावित खेलमा पाकिस्तान विजयी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    बैंग्लुरु । वर्षाले प्रभावित बनेको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई डीएलएस मेथडका आधारमा २१ रनले पराजित गरेको छ । पाकिस्तानको पालीको २६ औँ ओभरमा वर्षाले खेल रोकिएपछि डीएलएस मेथडका आधारमा विजेता चयन गरिएको हो ।

    पाकिस्तानले फखर जमानको शतक र कप्तान बाबर आजमको अर्धशतकको मद्दतले २५.३ ओभरमा १ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । जमानले ८१ बलमा १ सय २६ रनको विस्फोटक पाली खेले । उनले ८ चौका र ११ छक्का हिर्काए ।

    बाबरले ६३ बलमा ६६ रन बनाए । उनले छ चौका र २ छक्का प्रहार गरे ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ४ सय १ रन बनाएको थियो । एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले बनाएको यो सबैभन्दा ठुलो योगफल हो ।

    न्युजिल्याण्डका लागि युवा ब्याट्सम्यान रचिन रवीन्द्र नायक बने । उनले यो विश्वकपमा अर्को शतक बनाउँदै टोलीलाई ठुलो योगफलतर्फ डोर्‍याए । मात्र ९४ बलमा १ सय ८ रन बनाएका उनले १५ चौका र १ छक्का हिर्काए । योसँगै आफ्नो पहिलो विश्वकपमा नै तीनवटा शतक बनाउने उनी विश्वकै पहिलो खेलाडी बनेका छन् । न्युजिल्याण्डका लागि एउटै विश्वकपमा तीन शतक बनाउने पनि उनी पहिलो हुन् ।

    उनलाई कप्तान केन विलियमसनले ९५ रन बनाउँदै राम्रो साथ थिए । शतकको नजिक पुगेर चुकेका विलियमसनले ७९ बलमा १० चौका र दुई छक्का हिर्काए ।