न्युजिल्याण्डलाई पराजित गर्दै भारत विश्वकप क्रिकेटको फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    न्युजिल्याण्डलाई पराजित गर्दै भारत विश्वकप क्रिकेटको फाइनलमा

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०८०, बुधबार

    काठमाडौ । न्युजिल्याण्डलाई पराजित गर्दै भारत विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो ।

    टस जितेर पहिले व्याटिङ गरेको भारतले ५० ओभरमा चार विकेटको क्षतिमा ३९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङ गरेको न्युजिल्याण्डले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै ३२७ रन बनायो ।

    न्युजिल्यान्डको पालीमा ड्यारिल मिचेलले एक सय ३४, कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिप्सले ४१ रन बनाए। ४१ रनमा २ विकेट गुमाएको अवस्थामा मिचेल र विलियम्सनबीच तेस्रो विकेटका लागि एक सय ८१ रनको साझेदारी भएको थियो।

    ३३ औँ ओभरको दोस्रो बलमा विलियम्सन तेस्रो विकेटका रुपमा मोहम्मद सामीको बलमा आउट भएपछि न्युजिल्यान्ड थप दबाबमा परेको थियो। त्यसपछि आएका विकेटकिपर टम लाथमले खाता खोल्न सकेनन् भने मार्क च्यापम्यानले २ रन मात्र जोड्न सके। फिलिप्स र मिचेलबीच पाचौँ विकेटका लागि ७५ रनको साझेदारी भएको थियो। भारतका मोहम्मद सामी एक्लैले ७ विकेट लिए।

    उनले न्युजिल्यान्डका शीर्ष ५ ब्याट्सम्यानलाई आउट गरेका थिए।
    त्यसअघि भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन जोडेको थियो। भारतका लागि विराट कोहली र श्रेयस अय्यरले सतकीय पाली खेलेका थिए। कोहलीले एक सय १७ र अय्यरले एक सय ५ रन बनाए। सुबमन गिल पनि ८० रनमा अविजित रहे।

    भारतले उपाधिका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकामध्ये एकसँग खेल्ने छ। भारतले अन्तिमपटक सन् २०११ मा एकदिवशीय विश्वकप जितेको थियो। भारतीय टोली तेस्रोपटक यो प्रतियोगिताको उपाधि जित्ने प्रयाशमा रहेको छ।