काठमाडौ । दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनलमा दक्षिण अफ्रिका विरुद्ध जित निकाल्दै अष्ट्रेलिया फाइनलमा पुगेको हो ।
टल जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरा ओभरमा दश विकेटको क्षतिमा २१२ रन बनाएको थियो । जवाफी व्याटिङ गरेको अष्ट्रेलियाले १६ बल बॉकी छँदै ७ विकेटको क्षतिमा २१५ रन बनायो ।
अस्ट्रेलियाका लागि ओपनर त्रविस हेडले ६२ रन जोड्दा अर्का ओपनर डेभिड वार्नर २९ रनमा आउट भएका थिए। मिचेल मार्स शून्यमा आउट भए भने तब्राइज शाम्सीबाट बोल्ड हुनुअघि ग्लेन म्याक्सलले १ रन मात्र जोड्न सके। मार्नस लबुसेन १८ रन र जोश इंग्लिस २८ रनमा आउट भए। पाट कमिङ्गसले नटआउट १४ रन र मिचेल स्टार्कले नटआउट १६ रन बनाए।
त्यसअघि कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २१२ रनमै अलआउट भयो।
दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए भने यस्तै हेनरिच क्लासेनले अर्धशतक बनाउनबाट चुके। उनी ४७ रन बनाएर आउट भए।
गेराल्ड कोत्जीले १९ रन, एडिन माक्रमले १० रन, कागिसो राबाडाले १० रन बनाए। दक्षिण अफ्रिकाका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङमा अस्ट्रेलियाका लागि मिचेल स्टार्क र पाट कमिन्सले ३-३ विकेट लिए। जोश हजलवुड र त्रविस हेडले २-२ विकेट हात पारे।
अष्ट्रेलियाले फाइनलमा भारतको सामना गर्नेछ । भारत न्युजिल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेको हो । हालसम्म अष्ट्रेलियाले पॉच पटक र भारतले दुई पटक विश्वकप जितेको छ ।