सत्ताधारीबाटै गणतन्त्रलाई खतरा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    सत्ताधारीबाटै गणतन्त्रलाई खतरा ?

    आरके पाेख्रेल

    ६ मंसिर २०८०, बुधबार

    गत स्थानीय निर्वाचनमा पटक पटक टिकट मागेको तर एमालेले झापामा टिकट नदिएपछी भड्किएको आत्माको नाम हो दुर्गा प्रसाईं ? दुर्गाको लडाइँ न समर्थन न बिरोध ? राम्रो नराम्रो छानबिन नगरिकन मुखमा आएको जति बोल्ने गरेकोलाई बहुलाह भनिन्छ । मुखमा आएको जति बोल्ने मनुवा हुन् प्रसाईं । यसो हेर्दा एमालेलाई सत्तो सराप गर्दै हिडेका कारण अन्य राजनीतिक दलहरुले खुच्चिङ गरेको जस्तै देखिएको छ एमाले कार्यकर्ता र लाखौं जनताको समर्थन पाएको पार्टी हो सडकमा कोहि बहुलायो भन्दैमा असर पर्यो कि भनेर कुतर्क गर्नुपर्ने कुनै कारण पनि छैन र जरुरी पनि छैन ? यी कुतर्क गर्नेले एमालेको भलो कहिल्यै सोचेका छैनन् ? मध्य रातमा आमा दिदी बहिनीहरुलाई खेदे भन्ने कुरा जुन छ त्यो एमाले होइन हुन पनि सक्दैन यो हर्कत एमालेका कार्यकर्ताहरुले गर्दैनन्,गर्न सक्दैनन् गरेकै हो भने पनि कार्वाही हुन्छ । गम्भीर छानबिन गरौं सत्य बाहिर निकाल्न लागौं । यसले एउटा फण्डा सृजना भएको छ प्रसाईं र अन्य राजनीतिक दलहरुलाई मसला भएको छ ? यो देशको महिला राष्ट्रपति बनाउने पार्टीले यस्तो गर्छ ? अलिक सोचेर बोलौं दिदी बैनिहरुमाथी यो हर्कत गर्दैनन् ? यस्तो गर्नेहरुलाई कार्वाही गर्नुपर्छ ।

    हाम्रो धर्म संस्कारले पनि महिलालाई देवि,दुर्गा र सरस्वतीको रुपमा पुजेको छ । हामी महिला हक र अधिकारको निम्ति लडाइँ लडेको पार्टीका कार्यकर्ता हौं आगामी दिनमा पनि लडाइँ जारी नै छ रहन्छ नै !! यदि यस्तो व्यबहार गर्ने एमाले होइन हुनै सक्दैन गरेकै हो भने पनि कारवाही गर्नुपर्छ तर आन्दोलनलाई डाईभर्ट गर्न र निरुत्साहित गर्न घुसपैठ हुन पनि सक्छ गम्भीर छानबिन होस् ? छानबिन गरौं ? सरकारले मजा मानेर बसेको बेलामा एउटा सत्य कुरा बुझौं एमालेलाई खुईल्याउन थालेर गणतन्त्र जोगिदैन ? आज गणतन्त्र जोगाउन मात्रै पनि सडक ओर्लनुपर्ने भएको छ । यो सरकार र सत्ताधारीहरुबाट नै बढी गणतन्त्र माथि खतरा छ ? सत्ता पाए जे सुकै गर्न तयार हुनेहरुले नेपाल र नेपालीको भविस्य सोच्नै सक्दैनन् ? नत्र श्रीमान गम्भीर बज्दा चुप लाग्नुपर्ने कारण के ? संविधानमाथी खुलेआम धावा बोल्दा चुप लागेर बस्नुपर्ने कारण के ? रास्ट्रलाई नै भारतलाई दिउँ भन्छ एउटा पाखण्डी रास्ट्रद्रोहिको मुद्दा लगाउनुपर्नेलाई उचाल्छ मिडियाकर्मी अनि त्यही सुनेर खिस्स हांस्छ सरकारमा बसेको माउते ? अत्ति विद्वान मित्रहरू सरकारको मौनता के का लागि ? खोज गर्नु पर्दैन ? दुलैपिच्छेका युट्युबरहरुले बुझ्न पर्दैन ? सत्ता लम्बिनुपर्छ ,आफू प्रधानमन्त्री बनिरहनुपर्छ प्रचण्डलाई राजा आए पनि फरक नपर्ने देखियो । देउवाले त हिजो चावी दरबारमा नै बुझाईसकेका हुन् ? त्यसैले त सरकार मौन छ उसको मौनता छ । सरकार भएको देशमा जनतालाई सास्ती हुदैन ? आज लडेर ल्याएको गणतन्त्रका विरुद्ध विषबमन गर्दा पनि चुईक्क नबोल्नुले हिन्दि उखान ” दालमे कुछ काला हे ” भने जस्तै बुझिन थालेको छ ।

    यसबाट के पुष्टि हुन्छ भने हिजो गरिएको द्वन्द्व गणतन्त्रको लागि नभैइ सत्ता प्राप्तको लागि मात्रै लडाइँ रैछ भन्ने कुराको बलियो आधार आज प्रमाणित हुँदैछ । सत्तामा बस्ने गणतन्त्र आफुले ल्याएको भन्नेहरू ” श्रीमान गम्भीर …..” का गितहरुका धुनमा मस्त निदाईरहेका छन् ? हिजो Mcc पास गरिनु, चिनलाई देखाउन मात्रै र भारतको उपनिवेश घोषणाका लागि टिकटक बन्द गरिनुलाई राम राज्य घोषणा गर्न सकिदैन ? तस्कर र दलाललाई सिरमा बोकेर कुदेका छन सत्ताधारीहरु ? कतारमा बेल्चा हान्नेको मोबाईल एयरपोर्टमा खोस्छ पुलिस करोडौंको सुन भित्रीदां आँखा चिम्म पारेर पस्छ ? अति क्रान्तिकारिहरु, उग्र क्रान्तिकारिता दक्षिण पन्थ भासमा पुगेर टुंगिन्छ भनेर माक्सबादले भनेकै छ आज नेपालमा पुष्टि भएको छ । त्यसैले गणतन्त्र संग कुर्ची साट्नेहरु बाट नै गणतन्त्र माथि खतरा बढीरहेको छ नेपालिहरु सचेत बन्नुपर्ने बेला आएको छ । बुझौं सत्य अनि बोलौ र व्यबस्था जोगाउन लागौं । सत्ताधारीहरुबाट गणतन्त्र जोगाउन मुस्किल पर्ने देखिन्छ ।