म्याग्दे गाउँपालिकाले विपन्नको घर निर्माण गरिदिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाले विपन्नको घर निर्माण गरिदिने

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०८०, सोमबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ । गाउँपालिकाले सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गर्न लागेको हो ।

    संघीय सरकारको समपुरक कोष र गाउँपालिकाको साझेदारीमा विपन्नको घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार संघको समपुरक कोषमार्फत् रु ५० लाख र गाउँपालिकाको रु ५० लाख गरी रु एक करोड लगानीमा २५ वटा घर निर्माण गरिनेछ ।

    ‘त्यसका लागि कार्यविधि बनाइएकाे छ, सातवटै वडाबाट विपन्न परिवार छनाेट गरी चालु आर्थिक वर्षमा घर निर्माणकाे प्रकृया सुरु हुनेछ,’ उनले भने ।