पाटनका युवाको साउदीमा मृत्यु, परिवार शोकमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाटनका युवाको साउदीमा मृत्यु, परिवार शोकमा

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०८०, शुक्रबार

    दमौली । तनहुँको व्याय नगरपालिका-५ पाटनका राजकुमार नेपालीको साउदीमा मृत्यु भएको छ । वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका उनको सडक दुर्घटनामा मृत्यु भएको हो ।

    घरमा बिरामी आमाका लागि पैसा बैंकमा पैसा राखेर फर्कने क्रममा सडक दुर्घटना उनको मृत्यु भएको थियो।

    श्रीमती र दुई छोरीका पिता राजकुमार रोजगारीका लागि साउदी पुगेका थिए ।

    उनको निधनले आफन्त तथा पाटनवासी शोकमा डुबेका छन् । उनको निधनले सबैलाई स्तब्ध तुल्याएको स्थानीय बलभद्र श्रेष्ठले बताए । ‘निकै मिहीनेती, असल, यस भेगकै होनहार युवाको निधनले सबै स्तब्ध छन्,’ उनले भने ।

    राजकुमारको शव शुक्रबार घर आइपुगेको छ । उनको आजै अन्तिम संस्कार गरिने जनाइएको छ ।