म्याग्दे–५ मा ज्येष्ठ नागरिकलाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे–५ मा ज्येष्ठ नागरिकलाई सम्मान

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८०, बिहीबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–५ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले वार्षिक कार्यक्रम अन्तर्गत ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बिहीबार सम्मान गरेको हो ।

    सो अवसरमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडाध्यक्ष शिवबहादुर आलेले वडाभित्रका ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।

    कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिका सदैव ज्येष्ठ नागरिकको पक्षमा रहेको बताउँदै ज्येष्ठ नागरिकको अनुभव गाउँपालिकाका लागि मार्गदर्शक हुने बताए ।