म्याग्देमा महिलालाई झोला बनाउने तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा महिलालाई झोला बनाउने तालिम

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८०, बिहीबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–५ का महिलाहरुलाई झोला बनाउने तालिम प्रदान गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत् सो वडाका महिलाहरुलाई झोला बनाउने सीपमूलक तालिम प्रदान गरिएको हो ।

    गत मंसिर १० गतेदेखि सञ्चालित तालिम बिहीबार सकिएको छ । गाउँपालिकाको उद्यमी सिर्जना कार्यक्रम अन्तर्गत २० जना महिलालाई सीपमूलक सीप सिकाइएको गाउँपालिकाले जनाएको छ ।

    सीपमूलक तालिमका सहभागीलाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडाध्यक्ष शिवबहादुर आलेले प्रमाणपत्र प्रदान गरेका छन् । सोही अवसरमा महिलाहरुलाई चार वटा मेसिन हस्तान्तरण गरिएको छ ।

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रेष्ठले सीप सिकेर उद्यमी बन्न आग्रह गरे । उपाध्यक्ष घिमिरेले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सके आयआर्जन गर्न सकिने बताए ।