कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक : साविक विजेता अर्जेन्टिना समूह ‘ए’मा, कुन देश कुन समूहमा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक : साविक विजेता अर्जेन्टिना समूह ‘ए’मा, कुन देश कुन समूहमा ?

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०८०, शुक्रबार

    काठमाडौ । दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ ड्र सार्वजनिक भएको छ । आज बिहान कोपा अमेरिका २०२४ ड्र सार्वजनिक भएको हो ।

    प्रतियोगितामा सहभागी हुने टिमलाई चार समूहमा बाँडिएको छ । समूह ए मा अर्जेन्टिनासहित पेरु र चिलीलगायत पाँच राष्ट्र छन् । यस्तै समूह बी मा मेक्सिको र भेनेजुयलासहित चार टोली छन् । 

    समूह सीमा अमेरिका र उरुग्वेसहित चार देश छन् भने समूह डीमा ब्राजिलसहित चार टोली रहनेछन् । समूह डीमा रहने एक टोलीको टुंगो लाग्न बाँकी छ । 

    प्रतियोगिता अमेरिकाका विभिन्न १४ सहरमा आयोजना हुँदैछ । दक्षिण अमेरिकी फुटबल महासंघले प्रतियोगिताका लागि १४ सहर सार्वजनिक गरेको छ ।

    फाइनल खेल फ्लोरिडाको मायामी गार्डेनसस्थित हार्ड रक स्टेडियममा हुनेछ । पहिलो सेमिफाइनल न्यु जर्सीको मेटलाइफ स्टेडियममा सञ्चालन गरिनेछ । अर्को सेमिफाइनल नर्थ क्यारोलिनामा रहेको बैङ अफ अमेरिका स्टेडियममा हुनेछ ।

    क्वाटरफाइनलका खेलहरू आर्लिङटन, हस्टन, लास भेगस र ग्लिनडेलमा गरिने महासंघले जनाएको छ । 

    अर्जेन्टिना साविक विजेता हो । सन् २०२१ मा घरेलु टोली ब्राजिललाई पराजित गर्दै लियोनल मेसीको टोलीले २८ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि जितेको थियो ।