दमौली । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस तनहुँले आकांक्षीको नाम संकलन गरेको छ । केन्द्रीय समितिको निर्देशन बमोजिम हरेक जिल्लाबाट तीन/तीन जनाको नाम सिफारिस गर्ने निर्णय बमोजिम तनहुँमा पनि आकांक्षीले पार्टीमा नाम बुझाएका छन् ।
तनहुँमा खुल्लातर्फ रघुनाथ पौडेल, समु्न्द्र गोदार, प्रकाश पन्थ, रेशम गुरुङ, रामचन्द्र पोख्रेलले नाम दर्ता गराएका छन् । अपांगतातर्फ छत्रराज भण्डारी तथा महिलामा पवित्रा पौडेल, माया राना र सरिता गुरुङले नाम दर्ता गरेका छन् ।