भिमादमा जीप खस्यो, १२ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादमा जीप खस्यो, १२ जना घाइते

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०८०, बुधबार

    दमौली । पोखराबाट पाल्पाको रामपुर जादै गरेको यात्रुवहाक जीप दुर्घटनामा परेको छ ।

    तनहुँको भीमाद नगरपालिका-३ र ५ को सीमाना शेर्कामा विहान साढे ९ बजे दुर्घटना भएको हो ।

    ग १ ज ७५३४ नम्बरको जीप घुम्ती सडकबाट करिब डेढ सय मिटरतल खसेको छ ।

    जीपमा सवार चालकसहित १२ जनाको उद्धार गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए ।

    घाइतेको उद्धार गरेर बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको छ । थप उपचारका लागि ३ जनालाई पोखरा रेफर गरेको उनले जानकारी दिए ।

    ‘चालकका अनुसार ११ जना यात्रु थिए भन्नेछ । अझै अरु पनि छन् कि भनेर घटनास्थलमा खोजतलास भइरहेको छ’, प्रहरी निरीक्षक सुवेदीले भने ।