मस्त्यकन्याका १४५ विद्यार्थीलाई निर्मल मावि २०४५ व्याचको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मस्त्यकन्याका १४५ विद्यार्थीलाई निर्मल मावि २०४५ व्याचको सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । व्यास नगरपालिका-१२ भड्खालास्थित मस्त्यकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको छ ।

    पूर्व विद्यार्थी निर्मल मावि २०४५ एसएलसी समूहले विद्यालयमा अध्ययनरत १४५ विद्यार्थीलाई स्वीटर सहयोग गरेको हो । व्यास नगरपालिका-३ सफासडक घर भई अष्ट्रेलिया बस्ने राजेन्द्रकुमार श्रेष्ठ र पूजा श्रेष्ठले ५८ हजार बराबरको सहयोग गरेका थिए ।

    समूहका अध्यक्ष त्रिभुवन श्रेष्ठ लगायतको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा सहयोगदाता बुबाआमा मनकुमार श्रेष्ठ, बसन्तमाया श्रेष्ठ, भक्तकुमार श्रेष्ठ र रमा श्रेष्ठले संयुक्त रुपमा उक्त स्वीटर हस्तान्तरण गरे ।

    विद्यालयका पूर्व शिक्षक तथा समूहका सहसचिव अशोक पन्थले स्थानीय सरकारको ध्यान पुग्न नसकेको र नगरपालिकाले शै़क्षिक सुधारका लागि सहयोग गर्नुपर्ने बताए ।

    समूहका अध्यक्ष श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई सहयोग गरिएको जानकारी दिए । समूहले दीर्घरोगी, किरियापुत्री, विद्यार्थी लगायतलाई सहयोग गर्दै आएको छ ।