दमाैली । तनहुँको व्यास नगरपालिकाले गत छ दिनदेखि फोहर उठाउन छाडेको छ । अर्को सूचना नभएसम्मका लागि भन्दै नगरपालिकाले नकुहिने फोहर सङ्कलन नगरेको हो ।
नगरपालिकाले फोहर सङ्कलन नगरेपछि नगरवासीले चोक चोकमा फोहर थुपार्न थालेका छन् । चोकमा अनियन्त्रित रुपमा फोहर थुपारिन थालेपछि लियो क्लव अफ तनहुँका निवर्तमान अध्यक्ष सुदिप गफ्फारले जथाभावी रुपमा फालिएका फोहरलाई व्यवस्थित गर्न थालेका छन् ।
उनले चोकमा फालिएका फोहरलाई जम्मा गरेर कालो प्लाष्टिकमा प्याकिङ गरेर व्यवस्थित बनाउन सुरु गरेका हुन् । नगरपालिकाले फोहर नउठाउने र नगरवासीले जथाभावी फोहर फालेको खण्डमा यसरी नै व्यवस्थित गरिदिने उनको भनाइ छ ।