पूर्वमन्त्री श्रेष्ठद्वारा ऑबुखैरेनी अस्पताल निरीक्षण, जनशक्ति र उपकरण व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पूर्वमन्त्री श्रेष्ठद्वारा ऑबुखैरेनी अस्पताल निरीक्षण, जनशक्ति र उपकरण व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०८०, बिहीबार

    दमौली । पूर्वमन्त्री एवं बारा-४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले ऑबुखैरेनी अस्पतालमा जनशक्ति व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    श्रेष्ठले बिहीबार अस्पतालको निरीक्षण गर्दै अस्पतालमा आवश्यक जनशक्ति र उपकरण व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    ऑबुखैरेनी गाउँपालिकाले आफैले अस्पताल सञ्चालन गरेर उदाहरणीय काम गरेको बताउँदै भने, ‘यसले छिमेकी जिल्लाका वासिन्दालाई समेत सेवा दिइरहेको छ । जनशक्ति र उपकरणको अभावमा सोचे जति सेवा दिन नसकेको परिप्रेक्ष्यमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउनेछु ।’

    सो अवसरमा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालको सेवा प्रवाहका बारेमा जानकारी गराए । उपकरणको अभावमा केही सेवा सुरु गर्न नसकिएकाले सम्बन्धित निकायमा पहल गरिदिन श्रेष्ठ समक्ष चुमानले आग्रह गरे ।

    गाउँपालिकाले गत वर्षको मंसिर १ देखि स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरेको थियो ।