कालीभञ्जन गणका गणपति बोहोराको बिदाई, कार्कीको स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कालीभञ्जन गणका गणपति बोहोराको बिदाई, कार्कीको स्वागत

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०८०, बिहीबार

    दमौली । व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी रामज्योति बोहोराको विदाई गरिएको छ । दुई वर्षे कार्यकाल पूरा गरी सरुवा भएका बोहोराको बुधबार विदाई गरिएको हो ।

    गणमा आयोजित कार्यक्रममा बोहोराको विदाईसँगै नयॉ गणपति प्रमुख सेनानी बसन्त कार्कीको स्वागत गरिएको छ। बोहोराले विसं २०७८ माघ माघ १६ गते गणको जिम्मेवारी सम्हालेका थिए ।

    सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो । कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अपिल बोहोरा लगायत सहभागी थिए ।