८९४ एम्पुल लागुऔषधसहित रुपन्देहीका सलिम तनहुँमा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ८९४ एम्पुल लागुऔषधसहित रुपन्देहीका सलिम तनहुँमा पक्राउ

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०८०, मंगलवार

    दमाैली । ८९४ एम्पुल लागुऔषधसहित तनहुँबाट एक युवक पक्राउ परेका छन् । गएराती प्रहरीले सवारी चेकजाँचको क्रममा आँबुखरैनी गाउँपालिका–४ बेनिटारबाट पक्राउ गरेको हो ।

    मुग्लिनबाट पोखरातर्फ आइरहेको ग १ ख २९६ नम्बरको बस रोकेर चेकजाँच गर्दा रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–२ घर बताउने ३६ वर्षीय सलिम धनियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

    शंका लागेर खानतलासी गर्दा सलिमको साथबाट डाइजापाम, फेनेरागन, नुर्फिन २९८÷२९८ थान बरामद भएको छ ।

    पक्राउ परेका सलिमलाई जिल्ला अदालत तनहुँबाट ७ दिनको म्याद थपेर अनुसन्धान पक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।