तनहुँमा भरुवा बन्दुक सहित सात जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा भरुवा बन्दुक सहित सात जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०८०, आईतवार

    दमौली । तनहँुको शुक्लागण्डकी नगरपालिका–११ हटिया भुसुनापुरमा भरुवा बन्दुक सहित पक्राउ परेका सात जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

     पक्राउ पर्नेमा सोही ठाउँ घर भइ हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ५२ वर्षीय सरिफ कुमार चन्द, शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ४० वर्षीय युवराज राना, सोही ठाउँ बस्ने ४० वर्षीय लक्ष्मण शाही, ७९ वर्षीय केबलबहादुर चन्द, शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४२ वर्षीय दुर्गावीर जङ्ग ठकुरी, ५६ वर्षीय कुलबहादुर शाही, ६८ वर्षीय यमबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

     प्रहरीले निजहरुको साथबाट दुईनाले भरुवा बन्दुक एक थान, एक नाले भरुवा बन्दुक एक थान, बारुद जस्तो देखिने कालो रङ्गको धुलो पदार्थ एक डब्बा, राइफलको जस्तो देखिने गोलीको धातुको भाग ६५ थान, सानो बेरिङ एक सय ९२ थान, ठूलो खालको साइकलको बेरिङ छ थान, सिसा तथा बेरिङका टुक्रा १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।  

    पक्राउ परेका सबै विरुद्ध आज तनहुँ जिल्ला अदलतबाट हातहतियार खरखजना कसुरमा मुद्धा दर्ता गरी दश दिनको म्याद थप गरिएको उनले बताए ।  शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुरस्थित परारे भिर जङ्गलमा गत शुक्रबार सरिफकुमार चन्दले शङ्कास्पद गतिविधि गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको थियो । सो घटनामा संलग्नताका आधारमा प्रहरीले अन्यलाई पक्राउ गरेको हो ।