दमौली । व्यास नगरपालिका-४ स्थित कन्काई ग्लोबल एकेडेमीले शनिबार ‘बिच’ फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । एकेडेमीले मादी नदी किनार बालुवामा प्रतियोगिता आयोजना गरेको हो ।
कक्षा १ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षक सहभागी प्रतियोगितामा जुनियरतर्फ टिम बी र सिनियरतर्फ टिम ए विजयी भएको एकेडेमीका प्रबन्ध निर्देशक मिलन गोदारले जानकारी दिए । जुनियर र सिनियरतर्फ दुई/दुई टिम सहभागी थिए ।
‘बिच’ फुटबल जिल्लामै सम्भवत पहिलो पटक आयोजना गरिएको गोदार बताउँछन् । ‘बिच’ फुटबल नेपाल र जिल्लामै दुर्लभ रहेको बताउँदै उनले भने, ‘हामीले पहिलो पटक बिच फुटबल आयोजना गरेकामा हामी विश्वस्त छौ ।’
प्रतियोगिताले बिच फुटबल आयोजना गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न सक्ने गोदारको भनाइ छ ।