सडक निर्माणमा लापरबाही : हिँड्ने ठाउँ नहुँदा सर्वसाधारणलाई सास्ती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सडक निर्माणमा लापरबाही : हिँड्ने ठाउँ नहुँदा सर्वसाधारणलाई सास्ती

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०८०, सोमबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ जामुने साठीमुरेमा सडक निर्माणका क्रममा लापरबाही भएपछि स्थानीयलाई सास्ती भएको छ । सडक निर्माणका क्रममा वाल लगाएर हिँड्ने बाटो समेत नहुँदा यहॉका सर्वसाधारणलाई सास्ती भएको हो ।

    चिनियॉ ठेकेदारले वाल बनाउने क्रममा चाहिने भन्दा बढी खनेको र अहिले खाल्डो नपुर्दा हिँडडुलमा समस्या भएको स्थानीय बताउँछन् । पहिला खेल रहेको ठाउँमा समेत माटो नपुरिदिदा खेतबारीमा ट्याक्टर समेत लैजान नमिल्ने भएको छ।

    ‘वाल बनाउने क्रममा पहिला खनेर अहिले यत्तिकै छाडिदिए, समस्या समाधानका लागि निवेदन भएको एक महिना भैसक्यो, सुनुवाई भएको छैन,’ एक स्थानीयले भने ।

    बाटो नहुँदा सोही ठाउँमा रहेको जुस उद्योग समेत सञ्चालनमा आउन सकेको छैन । विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ ।