दमौली खानेपानीमा नयॉ नेतृत्वको पदस्थापन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौली खानेपानीमा नयॉ नेतृत्वको पदस्थापन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयॉ नेतृत्वले पदस्थापन गरेको छ । संस्थाको अधिवेशनबाट निर्वाचित बुद्धिमान श्रेष्ठ नेतृत्वको कार्यसमितिले आइतबार कार्यालयमा पदस्थापन गरेको हो ।

    सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले दमौलीवासीलाई शुद्ध खानेपानी वितरणका लागि समिति सदैव क्रियाशील रहनेपर्ने बताए । अध्यक्ष श्रेष्ठले संस्थाको हितका लागि आफूले काम गर्ने बताए ।

    अधिवेशनबाट उपाध्यक्षमा विश्व सुवेदी, सचिवमा योगिता श्रेष्ठ, कोषाध्यक्षमा चिरौकाजी बतास निर्वाचित भएका थिए ।