सुनको मूल्यमा नयॉ रेकर्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्यमा नयॉ रेकर्ड

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८०, शुक्रबार

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय २५ पुगेको छ । —