होटल व्यवसायी संघले नयॉ वर्षमा सांगितिक सॉझ गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    होटल व्यवसायी संघले नयॉ वर्षमा सांगितिक सॉझ गर्ने

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८०, सोमबार

    दमौली । होटल व्यवसायी संघ तनहुँले नयॉ वर्षमा सांगितिक सॉझ आयोजना गर्ने भएको छ । संघले नेपाली नयॉ वर्षको अवसर पारी चैत ३० गते सांगितिक सॉझ आयोजना गर्न लागेको हो ।

    संघले सोमबार पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष एवं प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले नेपाली नयॉ वर्षमा युवायुवतीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

    उनले भने, ‘थोरै पैसामा दमौलीमै रमाउन सक्ने वातावरण सिर्जना गर्न कार्यक्रम गर्न लागेका हौ । विगतका वर्षमा लाइभ कन्सर्ट हुने गरेकामा अहिले भने लाइभ कन्सर्ट हुँदैन ।’ कार्यक्रममा चर्चित गायक दुर्गेश थापाको प्रस्तुति रहने छ । त्यस्तै कार्यक्रममा स्थानीय कलाकारलाई पनि अवसर दिइने भट्टराईले बताए ।

    उक्त कार्यक्रमका लागि रु दुई सय टिकट शुल्क निर्धारण गरिएको छ । कार्यक्रमको प्रचारप्रसार गरी सफल बनाउन भट्टराईले सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

    कार्यक्रममा संघका अध्यक्ष गिरबहादुर थापाले नयॉ वर्ष मनाउन अन्यत्र जाने वातावरण रहेकामा स्थानीय स्तरमै मनोरञ्जन गराउने अवसर सिर्जना गर्न कार्यक्रम गरिएको जानकारी दिए ।

    सोही अवसरमा संघको क्यालेण्डर समेत विमोचन गरिएको छ ।