वडा कार्यालयकाे नेतृत्वमा सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वडा कार्यालयकाे नेतृत्वमा सरसफाई

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८१, शनिबार

    दमाैली । व्यास नगरपालिका-३ काे नेतृत्वमा शनिबार सेतीमादी सामुदायिक वन क्षेत्रमा सरसफाइ गरिएकाे छ । व्यास गुफा क्षेत्रमा रहेकाे उक्त ठाउँमा जनप्रतिनिधि, टाेल विकास संस्था, प्रहरी, विभिन्न क्लवकाे सहकार्यमा सरसफाइ गरिएकाे हाे ।

    वडा कार्यालयले उक्त ठाउँमा खुल्ला व्यायामशाला निर्माण गरेकाले सफा र स्वच्छ राख्न सरसफाइकाे आयाेजना गरिएकाे वडाध्यक्ष अनुप रानाले जानकारी दिए ।

    सरसफाइमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, वडाका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा अभियान्ता, क्लवका प्रतिनिधि सहभागी भएका थिए ।