पोखरा विश्वविद्यालयको शान बन्न पुगेका तनहुँ म्याग्देका सचिन घिमिरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरा विश्वविद्यालयको शान बन्न पुगेका तनहुँ म्याग्देका सचिन घिमिरे

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८१, मंगलवार

    पोखरा । तनहुँ म्याग्देका सचिन घिमिरे पोखरा विश्वविद्यालय ‘स्कूल अफ ईन्जिनियरिङ्ग’मा तेस्रो वर्षमा कम्पयुटर ईन्जिनियरिङ्ग अध्ययनरत छन् ।

    नेपालकै ठूलो रोट्याक्ट क्लब मध्ये पर्ने ‘रोट्याक्ट कलब अफ पोखरा यूनिभर्सिटीको रोटा वर्ष २०२४/२५ का निर्वाचित अध्यक्ष उनी विश्व प्रख्यात पुरस्कार ‘हल्ट प्राइज’ जसलाई विद्यार्थीका लागि नोबेल पुरस्कार पनि भनिन्छ त्यसका लागि नेपाल भरीको विश्वविद्यालयका लागि ‘स्टार्टअप निर्देशक’ हुन् । उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार जितेको टीम अश्वत्थामाका टीम लिडर पनि हुन्।

    जामुनेमा रहेको राधा मा. वि. बाट आफ्नो एसईई परीक्षा दिएका घिमिरेले आफ्नो उच्च शिक्षा +२ विज्ञानमा गर्न पोखरामा स्थित नेपाली सेनाद्वारा सञ्चालित सैनिक आवसीय महाविद्यालय ,फुलबारी पोखरामा गए। पढाइमा निकै अब्बल घिमिरेले +२ विज्ञानमा उत्कृष्ट अङ्क सहित पास गर्न सफल पनि भए। +२ विज्ञानमा ३.७१ जिपिए ए+ सहित पास गरेका उनी त्यसबेला सैनिक स्कूलको मात्र नभई पोखराकै उत्कृष्ट विद्यार्थीमा पर्थे ।

    म्याग्देबाट आएका उनी पोखरामा केही गर्ने हुटहुटी लिएर पसेका थिए। त्यतिमात्र नभइ उनलाई नेपाली साहित्य असाध्यै मन पर्ने भएकाले उनले प्राय आफ्नो खाली समयमा कविता लेख्थे ।त्यतिबेला सैनिक स्कूलको हरेक कार्यक्रममा उनको कविता नभई खल्लो जस्तो लाग्ने गर्थ्यो। उनी कविता वाचन शैलीमा तिख्खर र असाध्यै राम्रो कविता लेख्ने भएकाले घिमिरेलाई महाविद्यालयको कवि भन्ने गरिन्थ्यो।

    ईन्जिनियरिङ्ग पढ्ने सानै देखिको इच्छाका कारण उनले आफ्नो विश्वविद्यालय शिक्षा पनि इन्जिनियरिङ्गमै गर्ने निधो गरे। पोखरा विश्वविद्यालयले लिएको पूर्ण छात्रवृत्ति परीक्षामा पनि उत्कृष्ट अङ्क ल्याइ उनले पोखरा विश्वविद्यालयको केन्द्रिय कलेज ‘स्कूल अफ इन्जिनियरिङ्ग ‘ मा कम्पयुटर इन्जिनियरिङ्गमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए।

    पढाइमा म्याग्देको घिमिरे अब्बल हुन्छन् भन्ने कुरा उनले इन्जिनियरिङ्गको पहिलो शत्रको बोर्ड परीक्षामा ३.९ जिपिए सहीत पोखरा विश्वविद्यालयको इन्जिनियरिङ्ग सङ्काय टप गरेर पुष्टि गरे । त्यसपछि पोखरा विश्वविद्यालयमा हुने अन्तराष्ट्रिय प्रतियोगिता ‘हल्ट प्राइज’ मा टीम अश्वत्थामाको टीम लिडर भई उनले आफ्नो टीमलाई विजयी गराउन सफल भए। प्रतियोगिताको अर्को चरण ‘दुबईँ’ मा भयो र त्यहाँ पोखरा विश्वविद्यालय मात्र नभई नेपाललाई प्रतिनिधित्व गरेको उनको टीम दोस्रो बन्यो। त्यति बेला नेपाल र विश्वका ठुला ठुला मिडियाले उनको टीमलाई आफ्नो न्यूजमा सामिल गर्यो जस्तै कि कान्तिपुर,सेतोपाटी,शीलापत्र आदि जसले गर्दा उनलाई पोखराले मात्र नभई नेपाल लगायत थुप्रो देशले चिन्ने मौका पायो ।

    विश्वविद्यालयमा अब उनलाई नचिन्ने कमै थिए। त्यपछि उनी रोट्याक्ट क्लब अफ पोखरा विश्वविद्यालयको वर्ष २४/२५ का लागि अध्यक्षमा निर्वाचित भए। त्यति मात्र नभइ नेपालको सबै विश्वविद्यालयमा हुने ‘हल्ट प्राइज ‘का लागी नेपालको स्टार्टअप निर्देशक बने। उनैको पहलमा पोखरामा थप गण्डकी विश्वविद्यालय ,कन्या क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा पहिलो पटक हल्ट प्रतियोगिता गराउन सफल भए। अहिले पोखराका हरेक कलेजको ‘हल्ट प्राइज ‘ प्रतियोगितामा उनलाई विशेष अतिथिको रुपमा बोलाइने गरिन्छ।

    उनको टीम अश्वत्थामा त्यतिमा मात्रै रोकिएन थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भयो। काठमाडौंको पाँच तारे होटल ‘दूषित प्रिन्सेस’ मा आयोजना गरिएको नेपाल कलेज आइडिया हन्ट-२०२३ को विजयी बनी नगद १ लाख जित्न सफल भयो।उनको टीमले त्यस लगतै विश्वविद्यालय अनुदान आयोगबाट ४० लाख अनुदान प्राप्त गर्न सफल भयो जसले उनको सफलतामा सुनमा सुगन्ध थपिदियो।

    अहिेले पोखरामात्र नभई नेपालमा पढ्ने धेरै विश्वविद्यालयका विद्यार्थीका लागि म्याग्देका सचिन घिमिरे प्रेरणा र हौसलाको स्रोत बनेका छन् ।