दमौली । नेकपा एमाले तनहुँ लेखा आयोगमा सर्वसम्मत भएको छ । एमालेको जारी दशौ अधिवेशन अन्तर्गत आयोग अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्य पदमा सर्वसम्मत भएको छ ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको नामावली अनुसार आयोग अध्यक्षमा प्रेमप्रसाद पौडेल, उपाध्यक्षमा आरसी पण्डित, सचिवमा त्रिभुवन श्रेष्ठ, सदस्यमा रामजी खत्री र कोपिला थापा निर्विरोध निर्वाचित भएका छन् ।