काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले विश्व अलराउन्डर वरीयतामा १ स्थान सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी२०आई अलराउन्डर वरीयतामा उक्त सुधारसँगै दीपेन्द्र १०औँ स्थानमा छन्।
पहिलो स्थानमा बंगलादेशका शकिव अल हसन (२२८), दोस्रोमा श्रीलंकाका वनिन्दु हसरंगा छन्। उनको रेटिङ पनि २२८ नै छ। तेस्रोमा अफगानिस्तानका महम्मद नाबी (२१८), चौथोमा जिम्बाब्वेका सिकन्दर राजा (२१०), पाँचौँमा दक्षिण अफ्रिकाका आइदेन मार्कर्याम (२०५), छैठौँमा अस्ट्रेलियाका मार्कस स्टोइनिस (२०४), सातौँमा भारतका हार्दिक पाण्ड्या (१८५), आठौँमा इंग्ल्यान्डका लायम लिभिङस्टोन (१७५) र नवौँमा इंग्ल्यान्डकै मोइन अली (१७३) छन्।