कर्णालीकाे विद्यमान अवस्था र बेराेजगारी समस्याकाे दिर्घकालिन समाधान बिषयक युवा मन्थन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्णाली

    कर्णालीकाे विद्यमान अवस्था र बेराेजगारी समस्याकाे दिर्घकालिन समाधान बिषयक युवा मन्थन

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८१, बुधबार

    काठमाडाै । कर्णालीकाे विद्यमान अवस्था र बेराेजगारि समस्याकाे दिर्घकालीन समाधान बिषयक युवा मन्थन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपालकाे ३५ औ स्थापना दिबसकाे अवसरमा राष्टिय युवासंघ नेपाल कर्णाली प्रदेश कमिटीले कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाहले भने, “के.पी ओली कालजयी नेतृत्व हुन जस्ले पार्टी आफुलाई मात्र मृत्युबाट जाेगाएनन राष्ट्रिय युवासंघ नेपाल र मरणासन्न अबस्थामा पुगेकाे पार्टीलाई समेत नयाँ जीवन दिए।”

    कार्यक्रममा युवा नेता कुमार बिक्रम शाहिले कर्णालीकाे विद्दमान अबस्था र बेराेजगारी समस्याकाे दिर्घकालिन समाधान बिषयक अबधारणा पत्र प्रस्तुत गरेका थिए ।

    अबधारणा पत्र माथि उप-प्रध्यापक माधब प्रसाद खनाल, नेता किरण किशाेर सापकाेटा, वाइसीएल इन्चार्ज गणेश बहादुर शाही लगायतले टिप्पणी गरेका थिए । पर्यटन ब्यबसायी तथा बाेटे बाेरा कम्पनीका सञ्चालक बिष्णु ढकालले कर्णालीले आफुलाई छाेप्ने र अरुलाई हेर्न पुरै जीवन खर्चिने गरेको बताए ।

    उनले भने,’मलाई कर्णालीकाे पर्टनकाे रुपरेखा काेर्न दिनुस म कर्णालीलाई समृद्दी दिनेछु ।’ कार्यक्रम संगठनका प्रदेश अध्यक्ष जीवन बहादुर शाहीकाे अध्यक्षता र कार्यक्रममा बद्रि बाेहाेरा र पिटर चुनाराले सहजिकरण गरेका थिए ।