दमाैली । नेकपा (एमाले) तनहुँका उपाध्यक्षका उम्मेदवार श्रीराम कार्कीले समर्पण भावका साथ निःस्वार्थ रुपमा जनसेवामा लागिरहने प्रतिबद्धता जनाएका छन् । एमाले तनहुँको दशौं अधिवेशनमा पराजित भएका कार्कीले बुधबार साँझ सामाजिक सञ्जालमार्फत् उक्त प्रतिबद्धता जनाएका हुन् ।
सबैखाले परिस्थिति तोडेर पनि आफूलाई विश्वास गरेका दुई सय १४ जना प्रतिनिधिको अभिमतलाई सधैं शिरमा बोकेर हिँड्ने कार्कीले उल्लेख गरेका छन् । साथै उनले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन् ।