बागलुङमा जीप दुर्घटना हुँदा १६ घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागलुङमा जीप दुर्घटना हुँदा १६ घाइते

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८१, बुधबार

    बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप वडा नम्बर ५ को मस्तीमा आज साँझ छ बजे आसपासमा दुर्घटनामा परेको हो ।

    साँझको समयमा दुर्घटना हुँदा घाइतेको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

    घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरी निरीक्षक विकको भनाइ छ । घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको उनले बताए ।

    दिउँसोदेखि पानी परेको र साँघुरो सडकमा ब्याक गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हुनसक्ने विकले बताए । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको उनको भनाइ छ ।

    “दुर्घटना भएको खबर पाए लगत्तै प्रहरीको टोली घटनास्थल पुगेर उद्धारमा लागेको थियो, सबै घाइतेलाई उद्धार गरेर बुर्तिबाङ पठाइएको छ, अँध्यारो भएको हुँदा धेरैको अवस्था बुझ्न पाइएको छैन, बालबालिका र महिला बढी सवार हुनुहुँदो रैछ”, प्रहरी निरीक्षक विकले भने । दुर्घटनास्थल बुर्तिबाङ बजारदेखि करिब ८ किलोमिटर पश्चिममा पर्छ ।