धयरेकी अनिषाकाे मृत्यु प्रकरण : श्रीमान् र ससुरा थुनामा, सासु धरौटीमा रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धयरेकी अनिषाकाे मृत्यु प्रकरण : श्रीमान् र ससुरा थुनामा, सासु धरौटीमा रिहा

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८१, बुधबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–३ धयरे निवासी अनिषा श्रेष्ठ लामिछानेको मृत्यु प्रकरणमा तनहुँ जिल्ला अदालतले श्रीमान् र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोही प्रकरणमा मृतकका सासुलाई भने धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

    बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश चन्द्रकुमार पोख्रेलको इजलासले मृतकका श्रीमान् दिपेश लामिछाने र ससुरा हरिराज लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । साथै मृतकका सासु शारदा लामिछाने भने रु ५० हजार धरौटीमा रिहा भएकी छन् ।

    पोखरा माइती भएकी अनिषा र दिपेशबीच एक वर्ष अगाडी प्रेम विवाह भएको थियो । निज अनिषा गत वैशाख १५ गते घरमै मृत अवस्थामा भेटिएकी थिइन् । घटना शङ्कास्पद भएको भन्दै मृतकका तर्फबाट पोखरा महानगरपालिका–३० निवासी सुरज श्रेष्ठले मनसायपूर्वक हत्या गरेको अभियोगमा उजुरी दिएका थिए। प्रहरीले तीन जनालाई पक्राउ गरी जेठ ८ गते अदालतमा मुद्धा दर्ता गरेको थियो ।