एमाले तनहुँ : पालिकाका अधिवेशन मिति तय, कुनमा कहिले ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँ : पालिकाका अधिवेशन मिति तय, कुनमा कहिले ?

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, बिहीबार

    दमौली । नेकपा एमाले तनहुँले सबै पालिकाको अधिवेशन मिति तोकेको छ । बुधबार बसेको पहिलो बैठकले दश वटै पालिका कमिटीको अधिवेशन मिति तोकेको हो ।

    जेठ महिनाभित्रै चार नगर कमिटी र ६ गाउँ कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको पार्टी सचिव प्रदीपराज अधिकारीले जानकारी दिए ।

    व्यास नगर कमिटीको जेठ २७-२८, भानुको ३१-३२, भीमादको २५-२६, शुक्लागण्डकीको २३-२४, म्याग्दे गाउँ कमिटीको १९ गते, घिरिङको २१, ऋषिङको २०, ऑबुखैरेनीको १७, बन्दीपुरको १६ र देवघाटको १८ गते अधिवेशन मिति तोकिएको छ ।