निर्वाचित भएको दुई वर्ष पुगेपछि व्यासका मेयर न्यौपाने भन्छन् : शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिमा उल्लेख्य काम भएको छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचित भएको दुई वर्ष पुगेपछि व्यासका मेयर न्यौपाने भन्छन् : शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिमा उल्लेख्य काम भएको छ

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, शुक्रबार

    दमौली । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रमा उल्लेख्य काम भएको बताएका छन् । गत स्थानीय तह निर्वाचनबाट निर्वाचित भएको दुई वर्ष पुगेको अवसरमा शुक्रबार विज्ञप्ती जारी गरी न्यौपानेले यो बीचमा नगरलाई समृद्ध बनाउने अभियानमा आफू लागिपरेको उल्लेख गरेका छन् ।

    उनले भने, ‘कार्यालय प्रमुख परिवर्तन भईरहने समेत यसवर्ष केही मुद्धाका चुनौतीहरु रहेता पनि अपेक्षाकृत शान्त सौहार्द रुपमा नगरपालिकाका सबै निर्णयहरु सर्वसम्मत रहेका छन् ।’

    २०७९ वैशाख ३० गते भएको स्थानीयतहको निर्वाचन र जेठ ५ गते पुन मतदान भएको व्यास-८ को निर्वाचन समेत गरी जेठ ११ गते न्यौपाने नगरप्रमुखमा निर्वाचित भएका थिए ।

    प्रेश विज्ञप्ति
    २०७९ बैशाख ३० गते भएको स्थानीयतहको निर्वाचन, मिति २०७९/०२/०५ गते पुनः मतदान भएको वडा नं. ८ को निर्वाचन सम्पन्न भई आजैका दिन २०७९ जेठ ११ गते म समेत नगरपालिकाका जनप्रतिनिधीहरुले आफ्नो कार्याकालको २ वर्ष पुरा भएको अवसरमा सम्पूर्ण नगरवासी बुवा, आमा, दिदिबहिनी, दाजुभाईहरुमा सम्पूर्ण जनप्रतिनिधीहरुको तर्फवाट आभार व्यक्त गर्दछु ।
    विगत दुई वर्षमा यस नगरपालिकाले गरेका कामहरु विदितै छ । आ.व. ०७९/०८० मा आन्तरिक आयमा आएको कमी र संघ प्रदेशवाट दिइएको समानीकरण, राजश्व वाँडफाँडमा अन्तिम किस्तामा गरिएको कटौतीले निर्धारित योजनाहरु सम्पन्न हुन नसकी अधुरो रहने अवस्था आयो । यस वर्ष समेत अपेक्षित आयमा कटौती हुने संकेतहरु देखिएका छन् । यसर्थ नगरसभावाट निर्धारण गरिएको वार्षिक योजनाहरुलाई पूर्णता दिन नसकिएको यहाँ स्मरण गर्दछु । यस वर्ष विश्वबैंकको सहयोगमा घाँसीकुवा– फराकचौर– पोख्रेलफाँट–माँझफाँट–कलेस्ती क्षेत्रमा निर्माणहुने “परासर मार्ग” करिव ४१ करोडमा निर्माण संझौता भई ०८२ असार सम्म सम्पन्न हुनेछ । व्यास १ र २ जोड्ने मोटरेवल पुल संघ सरकारको समपुरक योजनामा निर्माण भईरहेको छ । यस वर्ष वडा नं. ६, १३ र १४ का नयाँ वडा कार्यालय भवन, स्याम्घा स्वास्थ्य चौकी (वडा नं. ६), घाँसीकुवा स्वास्थ्य चौकी (वडा नं. १२) मा निर्माण सम्पन्न गरि सञ्चालनमा छन् । वडा नं. ८ को कार्यालय भवन ठेक्का लगाई सकिएको छ भने वडा नं. ३ को जग्गा प्राप्ती प्रकृया अन्तिम भएपछि यसै वर्ष ठेक्का प्रकृया अघि बढाईने छ ।
    खड्गकाली मार्ग संघ समपुरक योजना, शहिद कालिका मार्ग र दमौली–केशवटार मार्ग प्रदेश सरकारसँगको समपुरक योजनामा निर्माणधिन छन् । देवीडाँडा, कमेरे साँध, मानहुकोट, गजौडे मुल, नयाँवस्ती खानेपानी योजनाहरु, चिस्यान केन्द्र, बैरेनी जग्गा विकास योजना, नारेश्वर ताल, व्यास नगर आधारभूत अस्पताल सम्पन्न हुने चरणमा पुगेका छन् । यस वर्ष वडा नं. १४ मा रुम्सी नमुनागाँउ निर्माण गर्न मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रम उत्साहका साथ सञ्चालन भएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रमा उल्लेख्य कामहरु भएका छन् । वडा नं. १० मा गौ संरक्षण केन्द्र सञ्चालनमा रहेको छ भने वडा नं. ०७ शेषमटारमा अभिावक विहिन र अती विपन्न बालबालिकाहरुमा शिक्षाको पहुँच पुर्याउने हेतुले ५३ जना विधार्थीहरुलाई पुर्ण आवासिय व्यवस्थाको साथ कक्षा १ देखि ७ सम्म व्यास नगर समता विद्यालय सञ्चालन गरिएको छ ।
    यसवर्ष वडाहरुबाट निर्धारण गरिएका प्राय ८०% योजनाहरु सम्पन्न भएका र बाँकी २०% सम्पन्न हुने चरणमा रहेका छन् । सरसफाई प्रशोधन व्यवस्थापनका दीर्घकालिन योजना अघि बढाइएको छ । कार्यालय प्रमुख परिवर्तन भईरहने समेत यसवर्ष केही मुद्दाका चुनौतीहरु रहेता पनि अपेक्षाकृत शान्त सौहार्द रुपमा नगरपालिकाका सबै निर्णयहरु सर्पसम्मत रहेका छन् । यी कार्यहरुमा सहयोग सदभाव राख्नुहुने सम्पूर्ण जनप्रतिनिधीहरु, राजनैतिक दलका मित्रहरु, सुरक्षा निकाय, सामाजिक संघ संस्था, सरकारी गैर सरकारी कार्यालयहरु, पत्रकार मित्रहरु, नगरपालिकाका कर्मचारीहरु र आम नगरवासीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।

    वैकुण्ठ न्यौपाने
    नगर प्रमुख