आस्था एउटा अटल सगरमाथा हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    आस्था एउटा अटल सगरमाथा हो

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८१, सोमबार

    आस्था एउटा अटल सगरमाथा हो
    ढालेर ढल्दैन , गालेर गल्दैन त्यो
    मृत्यु रोज्छ मान्छे हासी हासी
    तर आस्था ढल्न दिदैन मान्छे!
    जंजिर र हतघडी यातना भोग्छ
    तर निष्ठा बेचेर ब्यापार गर्दैन त्यो
    समय संगै जालझेल र तिकडम च्यातेर
    सतिससतिसाल झै उभिन्छ त्यो
    ईमान र जमान बेचेर भोजभतेर गर्दैन त्यो!
    श्री लाई श्रीखण्ड भन्छौ वा खुर्पाको बिड
    रक्त ज्वाला लाई सपना भन्छौ वा पू्र्खाको हिङ !
    अबिश्रान्त समर यात्रीहरु क्रान्ति बिगुल फुक्दै
    विशाल मार्गमा अबिचलित नयाँ युग खोजीरहेछ्न !