दमाैली । राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकलाई सामाजिक अभियान्ता व्यास नगरपालिका–२ निवासी सुदीप गफ्फारले खानाको व्यवस्था गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा हाल बिहान ६ बजेदेखि परिचयपत्रका लागि ज्येष्ठ नागरिकको भीड लाग्ने गरेपछि गफ्फारले खाना खान नपाउने ज्येष्ठ नागरिकलाई खानाको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
उनले भने, “सेवा लिन आउने बुबाआमाहरु भोकभोकै बस्नुपरेको अवस्था रहेछ, शुक्रबारदेखि सेवा लिन आउने बुबाआमालाई जति जना जहाँबाट आएपनि सम्पूर्णलाई खाना खुवाउने व्यवस्था गर्नेछु ।”
Video :