तनहुँ प्रहरीद्वारा लागुऔषध मुद्धामा फरार तीन पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ प्रहरीद्वारा लागुऔषध मुद्धामा फरार तीन पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८१, बिहीबार

    दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध मुद्धामा फरार तीन जनालाई पक्राउ गरेको छ । तनहुँ अदालतबाट विभिन्न मुद्धामा दोषी ठहर भई कैद फैसला भएका तीन फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा भानु नगरपालिका-१३ सतिस्वारा बस्ने १९ वर्षीय निर्मल गुरुङ, बन्दीपुर-१ बस्ने ३९ वर्षीय शिवकुमार श्रेष्ठ र बन्दीपुर-१ बस्ने ३३ वर्षीय लालबहादुर सुसलिङ रहेका छन् ।

    निर्मललाई तनहुँ अदालतले विसं २०७९ पुस २४ गते ४ महिना २३ दिन कैद सुनाएको थियो ।

    शिवलाई अदालतले विसं २०७८ चैत २३ गते १ महिना कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

    लालबहादुरलाई तनहुँ अदालतले विसं २०७९ चैतमा १ महिना २० दिन कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।