हावाहुरीले तनहुँका विभिन्न ठाउँमा क्षति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हावाहुरीले तनहुँका विभिन्न ठाउँमा क्षति

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । बिहीबार सॉझ आएको हावाहुरीले तनहुँका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । हावाहुरीका कारण व्यास नगरपालिकाका विभिन्न वडामा घर तथा गोठमा क्षति पुगेको छ ।

    व्यास नगरपालिका-१२ बेलघारीटोलमा २० घर तथा गोठमा क्षति पुगेको छ । त्यस्तै व्यास नगरपालिका-७ कलेस्ती र गजौडे क्षेत्रमा करिब ४० घरमा क्षति पुगेको छ ।

    व्यास नगरपालिका-१० शेवरमा करिब १० घरमा क्षति पुगेको स्थानीयले जानकारी दिएका छन् । व्यास नगरपालिका-११ तनहुँसुरमा दर्जनौ घर तथा गोठमा क्षति पुगेको छ ।