दमौली सामुदायिक अस्पतालको स्वास्थ्य शिविरमा तीन सय ५९ लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली सामुदायिक अस्पतालको स्वास्थ्य शिविरमा तीन सय ५९ लाभान्वित

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८१, शनिबार

    दमाैली । व्यास नगरपालिका–३ स्थित दमौली सामुदायिक अस्पतालले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ५९ जना लाभान्वित भएका छन् । अस्पतालले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत आयोजना गरेको शिविरमा तीन सय ५९ जनाले सेवा लिएका हुन् ।

    शिविरमा ९२ जनाले हड्डी, १५ जनाले महिला, ३० जनाले नाक, कान, घाँटी, १५ जनाले बच्चा, ३५ जनाले छाला र १२ जनाले शल्यचिकित्सक सेवा लिएको अस्पतालले जनाएकाे छ ।

    यस्तै ल्यावतर्फ दुई सय ७१ जनाले सेवा लिएका छन् । ४२ जनालाई युएसजी सेवा निःशुल्क प्रदान गरिएको छ । ३९ जनालाई एक्सरे सेवा ३० प्रतिशत र १६ जनालाई इसिजी सेवा ३० प्रतिशत छुटमा प्रदान गरिएको छ । शिविरमा रगत, पिसाब र सुगरको निःशुल्क परीक्षण गरिएको थियो ।