दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ मुसेखोला नजिक शनिबार राति पहिरो जॉदा बाटो अवरुद्ध भएको छ । सडकमाथिको ढिस्को पहिरिदा उक्त खण्ड अवरुद्ध भएको हो ।
सडक खुलाउन डाइभर्सन बनाइएपनि डाइभर्सनमा बस फसेपछि झनै समस्या भएको छ । साना सवारीसाधन भने तालघरेको वैकल्पिक बाटोबाट पठाइएको छ।