सुदीपको खाना खुवाउने अभियान : दोस्रो दिन तीन सयलाई सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुदीपको खाना खुवाउने अभियान : दोस्रो दिन तीन सयलाई सेवा

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८१, आईतवार

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आएका ज्येष्ठ नागरिकलाई खाना खुवाउने अभियान अन्तर्गत दोस्रो दिन तीन सयलाई सेवा दिइएको छ ।

    युवा अभियान्ता सुदीप गफ्फारले खाना खुवाउने अभियान अन्तर्गत आइतबार तीन सयलाई खाना खुवाइएको हो । गफ्फारको अभियान शुक्रबारदेखि सुरु भएको थियो ।

    राष्ट्रिय परिचयपत्रका लागि बिहान ६ बजेदेखि आएका सर्वसाधारणलाई गफ्फारले शुक्रबारदेखि खाना खुवाउन थालेका हुन् ।एकाबिहानैदेखि कार्यालयमा आएर घण्टौसम्म पनि सेवा नपाउने अवस्था रहेको र भोकभोकै बस्नुपर्ने बाध्यता रहेकाले खाना खुवाउने व्यवस्था मिलाएको उनले बताए ।

    उनले भने, “बुबाआमाहरु टाढा टाढाबाट बिहान ४÷५ बजेदेखि प्रशासन कार्यालय आइरहनुभएको छ । उहाँहरुलाई खाना खाने समय पनि नमिलेको भएर निःशुल्क खाना खुवाउने व्यवस्था मिलाइएको छ ।”सहज रुपमा राष्ट्रिय परिचयपत्र प्राप्त नभइन्जेल र ज्येष्ठ नागरिकलाई खानाको समय नमिल्दासम्म खाना खुवाउने उनको भनाइ छ ।