दमौली । तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सोमबार सार्वजनिक बिदा हुने भएको छ । दुवै पालिकाले आइतबार सूचना जारी गरी पालिकामा बिदा दिने निर्णय भएको जनाइएको छ ।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा पालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक एवं नीजि शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक), वित्तीय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।