अम्रेनी दुर्घटना : छानबिन गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने प्रशासनको प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अम्रेनी दुर्घटना : छानबिन गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने प्रशासनको प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८१, सोमबार

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास-१ अम्रेनीमा भएको दुर्घटनाको अनुसन्धान गरी प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सोमबार सॉझ विज्ञप्ती जारी गरी मृतकका आफन्तहरुलाई क्षतिपुर्तिको व्यवस्था गर्न प्रहरी प्रशासन पूर्ण रुपमा कटिबद्ध भई लाग्ने उल्लेख गरेका छन्।

    विज्ञप्तीमा भनिएको छ, ‘यस घटनालाई लिएर केही व्यक्तिहरुद्धारा पृथ्वी राजमार्ग बन्द गराउने कार्य भईरहेको छ। घटनामा सलग्न ट्याङ्कर र ट्याङ्कर चालक समेतलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अगाडी बढाएको छ। यस दुःखद घटना लाई लिएर पृथ्वी राजमार्ग बन्द गर्दा राजमार्गमा आवतजावत गर्ने एम्बुलेन्स सहितका विरामी, छोटो तथा लामो दुरीका सवारी साधन आवतजावत गर्न नपाउँदा हजारौ यात्रुहरु अलपत्र पर्ने परिस्थिति सिर्जना हुने भएकोले उक्त घटनालाई लिएर राजमार्ग अवरुद्ध नगरिदिनु हुन सरोकारवाला सबै पक्षहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँ हार्दिक अनुरोध गर्दछ।’