अम्रेनी दुर्घटना : प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अम्रेनी दुर्घटना : प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८१, मंगलवार

    दमौली । तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा सोमबार भएको दुर्घटनामा प्रहरीले वास्तविकता लुकाउन खोजेको स्थानीयले आरोप लगाएका छन् । ट्यांकरले ब्याक गरेर किच्दा मोटरसाइकल चालक व्यास-१२ का २९ वर्षीय प्रविण कैनीको घटनास्थलमै मृत्यु भएको थियो ।

    घटनास्थलमा प्रहरीले तत्कालै माटो हालेर पुरेको स्थानीयको आरोप छ । मुचुल्का गर्दा पीडित वा छिमेकीलाई नबोलाइएको आरोप छ ।

    नेपाली कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले घटना हत्या हो की दुर्घटना भनी प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘हिजोको दमौली दुर्घटना
    जुन बाइकले ट्राफिक नियम मानी पालो कुरि टेन्कर पछाडी बस्यो।टेन्करले पछाडी नहेरी उसैलाई ठक्कर दिई लडायो र तत्काल प्रहरीले लास उठायो र स्थल माटोले पुर्यो। परिवार वा छिमेकीलाई बोलाएर मुचुल्का बनाउनु पर्दैन ! घटना हो कि हत्या नत्र किन माटो पुरियो ? ।’