


दमौली । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले असार २ गते पुन मतगणना गर्ने उच्च अदालत पोखराको आदेश रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । गत जेठ १ गते उच्च अदालत पोखराले गत स्थानीय तहको मतपरिणाम बदर गरी पुन: मतगणना गर्न आदेश दिएको थियो ।
उक्त आदेश उपर अन्तरिमकालिन आदेश माग गर्दै न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । यसको पेशी जेठ २७ गते आइतबारलाई तोकिएको छ ।
उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्तले इजलासले गत स्थानीय तह निर्वाचनमा नगरप्रमुखको मतगणना बदर गरी पुनः मतगणना गर्न आदेश दिएको थियो। प्रमुखका उम्मेदवार दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै विसं २०७९ जेठ १२ गते निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए। रिटमा अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो।
विसं २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनअन्तर्गत नगरप्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए भने जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए।