


दमौली । बटसावित्री पर्वको अवसरमा बिहीबार दमौलीमा महिलाले धुमधामका साथ वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदै छन् ।
विशेषगरी मिथिलाका नारीहरूले मनाउने यो पर्व दमौलीमा पनि सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्ख्या रहेको र यहाँका पहाडी समुदायले पनि हर्षोल्लासले पर्व मनाउन साथ दिएसँगै यहाँ यस पर्वको रौनक बढेको हो ।